मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २७ मंगलबार ०८:४२:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

शान्ति प्रियवन्दनाको ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’

Read Time : < 1 मिनेट
२०७८ पौष २७ मंगलबार ०८:४२:००

साहित्यकार शान्ति प्रियवन्दनाको पहिलो कवितासंग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ सार्वजनिक भएको छ । सर्जक सञ्जाल मकवानपुरले हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रियवन्दनाकी आमा मैना सुवेदी र छोरा दृष्टान्त बिडारीले कृतिको विमोचन गरेका हुन् । 

सानै उमेरदेखि कविता लेख्न थालेकी प्रियवन्दनाको पहिलो रचना ०५४ सालमा प्रकाशित भएको थियो । कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार सुवास खनालले जानकारी गराएका थिए । कृतिमाथि डा. विन्दु शर्माले समीक्षा गर्दै शान्तिका कवितामा अलंकारको बोझ नथपेको बताइन् ।

अर्का समीक्षक प्रा. घनश्याम घिमिरेले हाम्रो व्यवहार देखेर कतै एक्काइसौँ शताब्दी नै जिल खाइरहेको त छैन भन्ने गम्भीर प्रश्न कवितासंग्रहले गरेको बताए । शान्तिका कविता प्रगतिवादी र नारीवादी चिन्तनसँग सम्बन्धित छन् र प्रगतिवादभित्र पनि वर्गीय चिन्तन र विद्रोहको चिन्तन बढी उठान भएको उनले बताए । 

कार्यक्रममा आफ्नो साहित्य जीवनका बारेमा संक्षिप्त जानकारी दिँदै प्रियवन्दनाले कवितासंग्रहमा समावेश ‘जवाफ पाऊँ सरदार’ शीर्षकको कविता वाचन गरिन् । प्रमुख अतिथि कुन्ता शर्माले कवि प्रियवन्दनाका कवितामा पूर्ण कथा रहेको बताइन् । कार्यक्रमको अध्यक्षता सञ्जालका संयोजक निमेष निखिलले गरेका थिए । रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको कवितासंग्रहमा ३५ वटा कविता छन् ।