१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युएन मिसन लेबनानमा रहेको नेपाली सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा रहेको नेपाली सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट भएको छ। शान्ति सेनाको ६२औँ डफ्फा उक्त मिसनमा तैनाथ अन्य १० राष्ट्रका गणहरूमध्ये सर्वोत्कृष्ट भएको नेपाली सेनाले जनाएको छ। 

फोर्स हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष कार्यक्रमबीच उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। उक्त गणले मिसन इलाकामा तैनाथ भएदेखि नै कोभिड- १९ महामारीमा आठवटै पालिकामा कोभिड किट वितरण तथा विभिन्‍न समयमा नगरपालिकाहरूमा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्बर्द्धन, गुणस्तरीय डेन्टल सेवा, विद्यालयहरूमा स्टेसनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम, सार्वजनिक पार्क तथा बगैँचाहरूको मर्मत–सम्भार गरेको थियो। 

स्थानीय व्लिदा नगरपालिकामा नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण सम्पन्‍न गरेको थियो। यसका अलावा उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्र्याउँदाको दौरान विगतको अनुभवबाट पाठ सिक्दै सम्भावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानी सशस्त्र बल तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी मिसनको इतिहासमै पहिलोपटक जैतुन बाली भित्र्याउने कार्यलाई तनावरहित वातावरणमा सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गरेको नेपाली सेनाले बताएको छ।