मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २६ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २६ सोमबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुचीलाई थप चार वर्ष जेल सजाय    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २६ सोमबार १४:१५:oo

म्यानमारको अदालतले सोमबार प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ। उनलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै उक्त सजाय सुनाइएको हो। नोबेल पुरस्कार विजेता नेतृ सुचीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ।

हाल म्यनमारको सैनिक शासनयता एक हजार चार सयभन्दा बढी नागरिक मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृंखलाबद्ध विद्रोहहरू भइरहेका छन्। स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार अवैध रूपमा वाकी-टकीहरू आयात गर्ने, स्वामित्व राख्ने र कोरोना भाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ। जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन्। ७६ वर्षीया सुचीले भने सैनिक सरकारले लगाएका सबै आरोप अस्वीकार गर्दै आइरहेकी छिन्।