Skip This
केशरमहलको निरीक्षणमा शिक्षामन्त्री, ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीका सुने गुनासा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केशरमहलको निरीक्षणमा शिक्षामन्त्री, ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीका सुने गुनासा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गरेका छन्। आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा मन्त्री पौडेलले  ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीसँग मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिएका थिए। ‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ,’ मन्त्री पौडेलले सेवाग्राहीसँग भने, ‘तपाईंहरूलाई दिने सेवामा कुनै समस्या छ कि छैन।’

मन्त्रीको प्रश्नमा सेवा ग्राहीले लामो समय लाइनमा बसेर भए पनि काम सकेर जाने गरेको बताएका थिए। शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताए। 

‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गर्छाैँ,’ उपसचिव निरौलाले भने, ‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौँ।’ कतिपयले अन्यबाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाइ छ। सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए। कर्मचारी अभाव भएकाकारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाको भनाइ छ। 

नो अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिए। शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा प्रदान पनि गर्दै आइरहेको छ।