मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्रले  फ्रेन्डसलाई  १–० ले हरायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o५:oo

फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाती गोल उपहारमा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगलशालामा शनिबार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्डसलाई १–० ले हराएको हो ।

६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मच्छिन्द्रले अग्रता लिएको थियो । आठ खेल खेलेको मच्छिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ । मनाङ मर्स्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा छ । मच्छिन्द्रसँगको हारले फ्रेन्ड्समाथि रेलिगेसनको दबाब थपिएको छ । आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्ड्स अन्तिम स्थानमा छ भने १३औँ स्थानको च्यासलको पाँच अंक छ । 

यसअघि दुवै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । नवाैं मिनेटमा सुनील बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरिँदा मच्छिन्द्रले अग्रता लिने अवसर गुमाएको थियो।

१८औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षकले क्लियर गर्न नसक्दा प्राप्त बलमा मच्छिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरियो । २७औँ मिनेटमा मच्छिन्द्रका सुनीलले गरेको क्रसमा मच्छिन्द्रका कुनै पनि खेलाडी बलसम्म पुग्न सकेनन् । ५३औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले गरेको सट मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए ।