मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Saturday, 12 July, 2025
यम बम काठमाडाैं
२o७८ पौष २५ आइतबार o६:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वडाध्यक्ष ७७ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौं  महानगरले गर्‍यो पाँच लाख खर्चेर ब्यांक्वेटमा भोज 

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार o६:o८:oo

चरम बेथितिमा नमुना बनेको काठमाडौं महानगरपालिकाले वडाध्यक्ष ७७ वर्ष पुगेको उपलक्ष्यमा समेत ब्यांक्वेटमा भोज खुवाएको छ । महानगरले आफ्नै खर्चमा वडा नंं. १ का अध्यक्ष भरतलाल श्रेष्ठको भीमरथारोहण (जंको) गरेर लैनचौर ब्यांक्वेटमा भोज खुवाएको हो । नेवार समुदायमा ७७ वर्ष सात महिना सात दिन सात घडी र सात पलाको अवसरमा जंको गर्ने चलन छ ।

७७ वर्ष पुगेका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ पत्नीका साथमा

भोजमा महानगरका मेयर विद्यासुन्दर शाक्यसहितका सहभागी

श्रेष्ठ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । महानगरका मेयर विद्यासुन्दर शाक्य पनि एमालेबाटै निर्वाचित हुन् । १६ मंसिरमा श्रेष्ठको जंको गर्दा महानगरले पाँच लाख रुपैयाँ खर्चेर भोज खुवाएको हो । उक्त अवसरमा मेयर शाक्य, महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र कर्मचारी भोज खान लैनचौर ब्यांक्वेट पुगेका थिए । 

महानगरका सहप्रवक्ता महेशकुमार काफ्लेले वडाध्यक्षको जंकोको अवसरमा महानगरको खर्चमा ब्यांक्वेटमा खाना खुवाइएको स्विकारे । ‘वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठको जंकोमा महानगरले भोज खुवाएको हो । तर, अहिलेसम्म भुक्तानी भने भएको छैन, फाइल मकहाँ आइपुगेको पनि छैन,’ प्रशासन विभागका प्रमुखसमेत रहेका काफ्लेले भने । १६ मंसिरको साँझ ब्यांक्वेटमा भोज खुवाउँदा कम्तीमा पाँच लाख रुपैयाँ खर्च भएको महानगरका एक अधिकृतले बताए ।

जनताको करबाट उठेको पैसाले जनप्रतिनिधिलाई शुभकामना दिने नाममा भोज खुवाउन मिल्छ भन्ने प्रश्नमा महानगर– १५ का वडाध्यक्षसमेत रहेका प्रवक्ता ईश्वरमान डंगोलले भने जवाफ दिन रुचाएनन् । प्रश्नबाट पन्छिँदै उनले भने, ‘शुभकामना दिने भनेर कार्यक्रम गर्ने निर्णय भएको हो, बाँकी पछि भनौँला ।’

वडाध्यक्ष श्रेष्ठ भने महानगरमा ७५ वर्ष नाघेको एक्लो जनप्रतिनिधि भएकाले गरिएको आफ्नो सम्मानलाई अन्यथा लिन नहुने तर्क गर्छन् । ‘महानगरमा ७५ नाघेका अरू जनप्रतिनिधि छैनन् । त्यसैले, सम्मानस्वरूप कार्यपालिका बैठकबाटै निर्णय गरेर कार्यक्रम भएको हो । यसलाई अन्यथा लिइनुहुँदैन,’ वडाध्यक्ष श्रेष्ठले भने ।

महानगरका प्रशासन विभाग प्रमुख महेशकुमार काफ्ले भन्छन्–महानगरले वडाध्यक्षको जंकोमा भोज खुवाएको हो, भुक्तानी भएको छैन

वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठको जंकोमा महानगरले भोज खुवाएको हो, तर अहिलेसम्म भुक्तानी भने भएको छैन, फाइल मकहाँ आइपुगेको पनि छैन

महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्–शुभकामना दिन कार्यक्रम गर्ने निर्णय भएको हो, बाँकी पछि भनौँला

वडाध्यक्ष भरतलाल श्रेष्ठज्यूको जंकोको अवसरमा शुभकामना दिने भनेर कार्यक्रम गर्ने निर्णय भएको हो, बाँकी पछि भनौँला