१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
त्रिनगर नाकामा भारतबाट फर्केकाहरुमा एण्टीजेन परिक्षण गरिदै    
२o८१ जेठ ४ शुक्रबार १९:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:१o:oo

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । भारतमा संक्रमण तीव्र रूपमा फैलिरहँदा त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको हो । सुदूरपश्चिममा देखिएका नयाँ संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरू रहेका छन् । सुदूरपश्चिम नाकामा भारतबाट फर्केका नेपालीहरूमा कोरोना पहिचान हुने दर केही दिनयता ह्वात्तै बढेको छ ।

शुक्रबार मात्रै यहाँ एक सय ५८ जनामा संक्रमण देखिएको छ । त्रिनगर नाकामा शुक्रबार भारतबाट फर्केका चार सय ९१ जनामा एन्टिजेन परीक्षण गर्दा ६७ जना कोरोना पोजेटिभ देखिएको छ । यस्तै, गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गरिएका सात सय ८८ जनामध्ये ४० जना पोजेटिभ देखिए । पिसिआरबाट कोरोना पुष्टि भएकामध्ये पनि अधिकांश भारतबाट फर्केकाहरू नै रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा बिहीबार एक सय २० जनामा कोरोना पोजेटिभ देखिएको थियो । तीमध्ये नाकामै एक सय सातजनामा एन्टिजेन पोजेटिभ देखिएको हो । यहाँ तीन/चार दिनको अवधिमा संक्रमण दर ह्वात्तै बढेको हो । गत बुधबार ५५ जना, मंगलबार ४० जना र सोमबार २८ जनामा संक्रमण देखिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ती सबैजसो भारतबाट फर्केकाहरू हुन् ।

 ‘अहिले संक्रमित देखिएका लगभग सबै भारतबाट फर्केकाहरू छन् ।’ निर्देशनालयका निमित्त निर्देशक ओमप्रकाश जोशीले भने, ‘भारतबाट फर्कनेहरूमा संक्रमण देखिने दर बढ्दै गएको छ । यसले सुदूरपश्चिममा संक्रमण फैलने जोखिम बढेको छ ।’ भारतबाट फर्कनेहरूको कोरोना परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था नगरे यहाँ संक्रमणले भयावह रूप लिन सक्ने उनले बताए । 

भारतका विभिन्न सहरहरूमा अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र फैलिरहेको छ । माघेसंक्रान्ति पर्व नजिकिएसँगै यतिवेलै सुदूरपश्चिमका नाकामा भारतबाट घर फर्कनेको संख्या बढेको छ । भारतबाट फर्कने सबैको भने कोरोना परीक्षण हुन सकेको छैन । उनीहरू सीधै घर जाँदा र घरमा केही दिन अलग्गै बस्नेजस्ता स्वास्थ्य सावधानी नपनाउँदा सुदूरपश्चिममा संक्रमण तीव्र बन्ने जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यहाँका नाकाबाट फर्कने धेरैजसोमा संक्रमण देखिन थालेपछि नाकामा स्वास्थ्य परीक्षणमा पनि कडाइ गरिएको छ । नाकामै हेल्थडेस्क स्थापना गरी एन्टिजेनबाट कोरोना परीक्षण भइरहेको छ । नाकामा स्वास्थ्य परीक्षणको दायरा बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । संक्रमण भेटिने दर बढेपछि नाकामा कडाइ भारतबाट फर्कने सबैको परीक्षण गर्न खोजिएको उनले बताए । ‘सराइ अवधिमा संक्रमण नदेखिन सक्ने भएकाले नाकामा नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था छैन । घरमा गएर कम्तीमा १० दिन अलग बस्न आग्रह गरिरहेका छौँ, ’ प्रवक्ता कार्कीले भने, ‘परिवारमा संक्रमण फैलन नदिन व्यक्ति आफू पनि सचेत हुनुपर्‍यो ।’


      

ad
ad