मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल भन्छन्– राष्ट्रिय सभा निर्वाचनमा ओलीले हार स्विकारिसके (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्। पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको टिप्पणी गरेका हुन्।

ओलीले शुक्रबार पार्टीको जिल्ला अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए। सोही भनाइलाई उदृत गर्दै नेपालले ओलीले आफ्नो दम्भी स्वभावविपरीत राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेको बताए। ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाएका छन्। उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरू नभएको जिकिर गरे।

 ‘आज तपाईंहरूले सुन्नु भएको होला– केपी ओलीको एउटा भाषण। त्यो भाषणमा अब राष्ट्रिय सभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ। सुन्नुभयो, हाेइन ? हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन्। तर, कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन। त्यो स्वभाव कस्तो छ भन्दाखेरि नयाँ नेतृत्व विकास गर्नै नदिने । ७७ जिल्लामा एकैचोटि जिल्ला अधिवेशन उद्घाटन गर्ने, देशैभरि एकैचोटि। यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन,’ नेपालले भने, ‘त्यहाँ सिद्धान्तनिष्ट कार्यकर्ताहरू छैनन् । आलोचनात्मक चेत भएका मानिसहरू छैनन्। विश्लेषण गर्न सक्ने खुबी भएका मानिसहरू ती हाेइनन्। ठीक र बेठीक, सही र गलत छुट्याउन सक्ने खुबी र क्षमता भएका मानिसहरू होइनन्। बौद्धिकताको विकास गर्ने, आधुनिक ज्ञान र चेतना हासिल गर्ने त्यस्ता व्यक्तिहरू होइनन। त्यहाँ पूजकप्रवृत्ति बोकेकाहरू, हनुमानप्रवृत्ति भएकाहरू, अझै भनौँ गणेशप्रवृत्ति भएकाहरूलाई मात्रै त्यहाँ ठाउँ छ । त्यसो हुनाले त्यो समूहभित्र विद्रोह भइरहेको छ।’