Skip This
नारायणहिटीको बंकरमा पनि बार बनाउँदै थियो बतास समूह (भिडियो)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Sunday, 16 June, 2024
२o७८ पौष २३ शुक्रबार १६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणहिटीको बंकरमा पनि बार बनाउँदै थियो बतास समूह (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार १६:३९:oo

एक वर्षअगाडि गैरकानुनी रूपमा नारायणहिटी दरबार संग्रहालयमा प्रवेश गरेको बतास अर्गनाइजेसनले त्यहाँ रहेको बंकरभित्र पनि संरचना बनाइरहेको भेटिएको छ। दरबार परिसरभित्र रहेको अस्थायी प्रकृतिको बंकरसमेत बतासले कब्जामा लिएर बार बनाइरहेको थियो। दरबारको मूल गेटदेखि देब्रेपट्टि रहेको  ऐतिहासिक बंकरभित्रको मौलिकता नै मासिने गरी संरचना निर्माण भइरहेको थियो।

नारायणहिटीभित्र बतास समूहले सामान्य क्यान्टिन मात्रै बनाउँदै थिएन, एउटा भव्य रेस्टुरेन्ट नै तयार पार्दै थियो। राजदरबारभित्र पुरानो क्यान्टिन चलाउने वहानामा छिरेको बतास समूहले दरबारभित्र पाँचतारे होटेलभन्दा भव्य रेन्टुरेन्ट सञ्चालनको तयारीस्वरूप संरचना निर्माण थालेको थियो। 

त्यही बंकरको भित्री भागमा इँटा र सिमेन्ट लगाएर रिसेप्सनसमेत तयार पारिँदै थियो। बाहिरपट्टिका पुरानो पर्खाल र बगैँचा पनि समूहले सिँगार्दै थियो। दरबारको सुरक्षाका लागि बनाइएको पुरानो बंकरमा यसरी बार सञ्चालन गर्न दिनु गैरकानुनी मात्रै नभएर गम्भीर लापबाहीसमेत रहेको सुरक्षा निकायका जानकारहरू बताउँछन्। 

राजा वीरेन्द्रका  एडिसी रहेका पूर्वउपरथी टीका धमलाका अनुसार अस्थायी प्रयोजनको निम्ति बंकर निर्माण गरिएको थियो। गोलाबारी भयो भने सेनालाई अस्थायी रूपमा बसेर जुध्नको निम्ति उक्त बंकर बनाइएको उनको भनाइ छ। ‘बंकर आकारको उक्त संरचना त्यतिवेला सेनालाई गोलाबारुद हुँदा बस्नका लागि अस्थायी रूपमा निर्माण गरिएको थियो,’ उनले भने। 

जानकारहरूका अनुसार उक्त बंकर राजा महेन्द्रको पालामा बनाइएको थियो। राजतन्त्रको अन्त्यपछि उक्त बंकर प्रयोगविहीन बनेको थियो। नारायणहिटी दरबार संग्रहालय विकास समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले बंकरसमेत समेटेर तयार पार्न लागिएको रेस्टुरेन्टको संरचना भत्काउन लागिएको बताए। उनले दरबारको परिसरभित्र त्यस्ता संरचना बनाउँदा दरबारको महत्व नरहने बताए। उनले भने, ‘दरबारभित्र बनेका उक्त संरचना भत्काउन सुरु गरिएको छ ।’  उनका अनुसार शुक्रबार बिहानदेखि उक्त क्षेत्रमा बनेका संरचना भत्काउन सुरु गरिएको छ।

केपी ओली नेतृत्वको सरकारका पालमा दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि अनुमति पाएको बतास समूहले १७ पुस ०७७ मा बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता गरेको थियो। 

नारायणहिटी परिसरको सात रोपनी क्षेत्रफलको जग्गा र संरचनाको भाडा दुई लाख २१ हजार रुपैयाँ तिर्ने गरी सम्झौता भएको थियो।

ad
ad
ad
ad