१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला ७ फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:४३:oo

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला ७ फागुनमा हुने भएको छ । संगठनको बिहीबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए ।

उनले राष्ट्रिय भेलाअघि बाँकी रहेका जिल्लामा कमिटी गठन गर्दै जिल्ला तथा प्रदेश भेला गर्ने बैठकले निर्णय गरेको र पाँच सदस्यीय विधान मस्यौदा समिति गठन गरेको जानकारी दिए । महासचिव भुपराज खड्काको संयोजकत्वमा गठन गरिएको समितिमा उपमहासचिवत्रय रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर छन् ।

बिहीबारकै बैठकले उपाध्यक्षमा विश्वमणि सुवेदी, नरेन्द्र साउद र उपमहासचिवमा रामकुमार एलनलाई मनोनीत गरेको छ । संगठन एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन हो । 

ad
ad