Skip This
ललितानिवास प्रकरण : सिआइबीले बुझायो सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितानिवास प्रकरण : सिआइबीले बुझायो सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२२:oo

ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्ययन गरेको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन ब्युरोले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो।

ललितानिवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्युरोले तीन सयभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए। उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।

उनले भने, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ। दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरू डिपाेर्ट गर्छौँ। सरकारी वकिल तोक्छौँ। त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ। अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भनेचाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ। चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ।’

प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुन सक्ने पौडेलले बताए।