१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तराईमा शीतलहर : तीन दिनयता प्रदेश २ मा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:२५:oo

शीतलहर सुरु भएसँगै प्रदेश २ का सप्तरी, सिराहा र धनुषामा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । चिसोका कारण बुधबार सिराहामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–१ अर्नामाकी ६३ वर्षीया पल्टी सदा हुन् । 

सदाको बुधबार बिहान पौने ५ बजे कठ्यांग्रिएर मृत्यु भएको कल्याणपुर नगरपालिका–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए । बिहान अत्यधिक चिसो हुँदा अशक्तसमेत रहेकी सदाको घरमै मृत्यु भएको हो । विपन्न परिवारकी सदा फुसको घरमा छोरासँगै बस्दै आएकी थिइन् । चिसोले आमालाई असहज भएपछि छिमेकीसँग न्यानो कपडा मागेर ओढाएको छोरा कुशे सदाले बताए । ‘चिसोकै कारण आमा गुमाएँ । आर्थिक अवस्था राम्रो छैन । भत्किएको घरमा जेनतेन बस्दै आएका छौँ,’ उनले भने ।

पल्टी सदाका पति पोनेलाल सदाको दुई वर्षअघि पुसमै चिसोकै कारण मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय सिराहाले चिसोका कारण मृत्युको घटना पहिलो रहेको जनाएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले चिसोले मृत्यु भएको जानकारी पाएपछि प्रहरी परिचालन गरी विवरण संकलन गरिएको बताए । 

धनुषा र सप्तरीमा सोमबार दुईले गुमाए ज्यान
यसअघि सप्तरीमा चिसोका कारण सोमबार महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो । घरमा सुतेकै ठाउँमा उनको मृत्यु भएको परिवारजनले जनाएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का ६० वर्षीया समुन्द्रीदेवी यादवको पनि सोमबार राति नै मृत्यु भएको थियो । चिसोले जिउ काम्न थालेपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैतले बताए । 

ad
ad