१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्लाको भन्दा पहिले  क्षेत्रको अधिवेशन हुनुपर्ने माग राख्दै कांग्रेस नेता नेपाली भाेक हडतालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४८:oo

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन सकिए पनि १६ वटा जिल्लाको जिल्ला अधिवेशन बाँकी नै छ । १६ मध्ये एक जिल्ला हो महोत्तरी । विवादपछि रोकिएको क्षेत्रीय अधिवेशन अझै हुन नसकेको अवस्थामा जिल्ला अधिवेशनको मिति निर्धारण भएपछि नेपाली कांग्रेसका नेता निवर्तमान महासमिति सदस्य एवं पूर्व जिल्ला सचिव बजरंग नेपालीले भाेक हडताल (अनशन) सुरु गरेका छन् । महोत्तरीको क्षेत्र नं. ३ को अधिवेशनमा विवाद भएपछि रोकिएको अधिवेशन जिल्ला अधिवेशन अगावै सम्पन्न गर्नुपर्ने मागसहित नेपाली  बुधबार बिहान ८ बजे देखि भाेक हडतालमा वसेका हुन् । 

पहिले नै क्षेत्रीय अधिवेशन हुन नसक्दा केन्द्रीय र प्रदेश अधिवेशनमा भाग लिनबाट वञ्चित भएका क्षेत्र नं. ३ का नेताहरू जिल्ला अधिवेशनमासमेत सहभागी हुन बाट छुट्ने भएपछि उनले भाेक हडताल सुरु गरेका हुन् । 

केन्द्रलाई ध्यानाकर्षणपत्र 

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार बाँकी रहेका जिल्ला अधिवेशन माघ १५ मा सम्पन्न गर्ने निर्णय गरेको छ । यसअघि समितिले पुस २७ का लागि जिल्ला अधिवेशनको मिति तय गरेको थियो । नेपाली कांग्रेस महोत्तरीले पौष २७ गते निर्धारण गरिएको जिल्ला अधिवेशन अस्वीकार गर्दै केन्द्रलाई समेत ध्यानाकर्षणपत्र पठाएको थियो । क्षेत्र नं. ३ को अधिवेशन नै नसकी सुनियोजित रूपमा जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै नेपाली कांग्रेसका  कार्यवाहक सभापति शम्भुनारायण पाठकले हस्ताक्षर गरेको पत्र केन्द्रीय कार्यालयसमेत पठाइएको छ । कार्यवाहक सभापति पाठकले समेत नेता नेपालीको भाेक हडताललाई समर्थन जनाउँदै क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदै जिल्ला अधिवेशन हुन नसक्ने बताए । 

जिल्लाबाट पठाइएको पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाई जिल्ला अधिवेशनको मिति तोक्नु षड्यन्त्रपूर्ण र सुनियाेजित भएको उल्लेख छ ।