१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसो बढेपछि बन्द हुन थाले पर्साका सामुदायिक विद्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१९:oo

तराई–मधेसमा अत्यधिक चिसो बढ्न थालेपछि पर्साका सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। चिसोका कारण जनजीवन कष्टकर बन्दै गएकाले विद्यालय बन्द गरिएको पालिकाहरूले जनाएका छन्।

चिसो र शीतलहरका कारण आइतबार जिराभवानी गाउँपालिका तथा सोमबार छिपहरमाई गाउँपालिका र ठोरी गाउँपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएका छन्। केही दिनदेखि निरन्तर परेको शीतलहरका कारण विद्यालय आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि विद्यालय बन्द गरिएको जिराभवानी गाउँपालिका अध्यक्ष रामप्रीत महतोले जानकारी दिए। अत्यधिक जाडो बढेकाले जिराभवानी गाउँपालिकाका सम्पूर्ण विद्यालयको गतिविधि पुस १९ देखि २४ सम्म बन्द गरिएको उनले बताए।

यसैगरी छिपहरमाई गाउँपालिकाले पनि आफ्नो क्षेत्रका विद्यालयमा बिदा दिएको छ। पुस २० र २१ गते गाउँपालिकाले आफ्नो क्षेत्रको सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत सिर्जना बुढाथोकीले जानकारी दिइन्। चिसोको कारण विद्यार्थीमा समस्या बढेको र पठनपाठनमा कठिनाइ हुँदै गएकाले विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताइन्। 

त्यस्तै, ठोरी गाउँपालिकाले पनि चिसो तथा शीतलहरका कारण जाडो बिदा दिएको सूचना निकालेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले पालिकाभित्रका सम्पूर्ण विद्यालय पुस २० गतेदेखि २३ गतेसम्म बन्द रहने जानकारी दिए।