१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२६:oo

अत्यधिक चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । केही दिनदेखि निरन्तर परेको शीतलहरका कारण विद्यालयमा आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीय तहहरूले सूचना निकालेर विद्यालय बन्द गरेका हुन् ।

मंगलबारसम्म रौतहटका ६ वटा नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालयमा बिदा दिएका छन् । रौतहटको कटहरिया, बौधीमाई, ईशनाथ, बृन्दावन, देवाही गोनाही र परोहा  नगरपालिकाले आफ्नो नगर क्षेत्रको सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बढ्दै गएको चिसो तथा शीतलहरका कारण सोमबार वृन्दावन र कटहरिया नगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

विद्यालय आउने बालबालिकामा चिसोको कारण समस्या बढिरहेकाले पठनपाठनमा कठिनाइ हुँदै गएकाले नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए ।

चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न सात दिनका लागि विद्यालयमा पठनपाठन बन्द गराइएको प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ छ । यसअघि नै ईशनाथ र बौधीमाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।कटहरिया नगरपालिकाले पनि २५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी दिए । 

शीतलहरमा विद्यार्थीहरू विद्यालय आउने अवस्था नरहेपछि रौतहटका विद्यालयहरूमा बिदा दिन थालिएको शिक्षा समन्वय इकाइ कार्यालय रौतहटका प्रमुख रामविनय सिंहले जानकारी दिए ।