१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका न्यूयोर्क
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ । 'निरपेक्षता' र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका युनिसेफले बताएको छ। बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ।

'उदाहरणका लागि, अफगानिस्तानमा २००५ यता प्रमाणित बाल हताहतको सबैभन्दा धेरै संख्या २८ हजार पाँच सयभन्दा बढी रहेको छ, जुन विश्वव्यापी रूपमा सबै प्रमाणित बाल हताहतहरूको संख्याको २७ प्रतिशत हो,' युनिसेफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रमा २००५ यता विद्यालय र अस्पतालहरूमा सबैभन्दा धेरै आक्रमणहरू भएका छन्। गतवर्षको पहिलो छ महिनामा २२ वटा त्यस्ता आक्रमणहरू प्रमाणित भएकाे जनाइएको छ। युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, 'वर्षेनी द्वन्द्वरत पक्षहरूले बालबालिकाको अधिकार र कल्याणको लागि भयानक उपेक्षा प्रदर्शन गरिरहेका छन्। बालबालिकाहरू पीडामा छन् र यो लापरबाहीका कारण केटाकेटीहरू मरिरहेका छन्। यी बालबालिकाहरूलाई हानिबाट जोगाउन हर प्रयास गर्नुपर्छ।'

युनिसेफले सन् २०२१ को तथ्यांक अझै उपलब्ध नभएको भए पनि सन् २०२० मा बालबालिकाविरुद्ध २६ हजार ४२५ गम्भीर मानवीय व्यवहार उल्लंघनका घटना संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको जनाएको छ।

सन् २०२१ को पहिलो तीन महिनामा प्रमाणित गम्भीर उल्लंघनहरूको समग्र संख्यामा थोरै कमी देखिएको थियो। तथापि, अपहरण र यौन हिंसाका प्रमाणित घटनाहरू अघिल्लो वर्षको पहिलो चौमासिकमा क्रमशः ५० र १० प्रतिशतले वृद्धि भएको देखिएको युनिसेफले जनाएको छ। रासस/एएनआई