१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका पुनः संशोधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२o:oo

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनकाे कार्यतालिका पुनः संशोधन भएको छ। संशोधित कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ताको समय आइतबार अपराह्न ४ देखि ६ बजेसम्म तोकिएको छ। मनोनयनपत्र दर्ताको सूची साँझ ६ः३० बजे प्रकाशन गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, ७ः१५ सम्म उजुरीको सूचना, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजे उम्मेदवारको नामावली पुनः प्रकाशनको समय तोकिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

 

ad
ad