१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायालय सुधार नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरूले आवाज उठाएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुन जबराले राजीनामा दिनुपर्ने बताए।

श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारका लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताए।

‘हामी केका लागि आन्दोलन गरिरहेका छौँ भन्दा न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भीक ढंगबाट न्याय सम्पादन होस्, त्यस किसिमबाट न्याय दिलाउन सकियोस्, भनेर हामी रहेका छौँ। हामी न्यायपालिकाको पहरेदारको हैसियतले न्यायपालिकाभित्रको विद्यमान विकृति–विसंगति हटाउन हामीले आवाज उठाउने हो। यो सुधार नभएसम्मका लागि यो आन्दोलन जारी रहन्छ। केही समयमै राष्ट्रिय सम्मेलन गर्न गइरहेका छौँ। यसपालिको राष्ट्रिय सम्मेलन न्यापालिकाको सुधार र न्यापालिकाको सुधारका लागि बाधकको रूपमा रहेका जति छन् उनीहरूको विरुद्धमा आन्दोलन हुन्छ। न्यायपालिका सुधारका लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा जुन बाधा भइरहेको छ, त्यो बाधा हटाउँदै अघि बढ्नेछौँ,’ अध्यक्ष श्रेष्ठले भने।

काठमाडौं उपत्यकाबाहिर रहेका कानुन व्यवसायीहरूले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेको उल्लेख गर्दै उनले अब झनै सशक्त आन्दोलन गर्ने चेतावनी दिए।