१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १६ शुक्रबार २१:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ - माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार २१:३५:००

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ भएको बताएका छन् । उनीहरूको जनजीविकालाई सहज बनाउने र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषय नै ‘जनतादेखि जनतासम्म’को योजना भएको बताए ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी नै कम्युनिस्ट आन्दोलनको मूलधार भएको बताए ।  

मुलुकमा कम्युनिस्ट पार्टी संस्थागत गर्ने क्रममा आफूले विसं २०३२ मा कोर्डिनेसन केन्द्र, विसं २०३५ मा माले, विसं २०४७ मा एमाले र अहिले एकीकृत समाजवादी गठन गर्दासम्म संस्थापन भूमिका निर्वाह गरेको जानकारी दिए । 

उनले पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना भएपछि जनाधिकारका लागि लामो संघर्षपूर्ण यात्रा भएको स्मरण गरे । मुलुकको राष्ट्रिय स्वाधीनतालाई माथि उठाउन तथा लोकतान्त्रिक मूल्यमान्यतालाई रक्षा गर्न आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले जनताको समस्या उनीहरूले भोग्नुपरेको पिरमर्कालाई केन्द्रमा राखेर कार्य गर्न समाजवादी चिन्तनको खाँचो औँल्याए ।