१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सिन्धुपाल्चोक सभापतिको उम्मेदवार बन्न त्रिविका उप–प्राध्यापक लामाले दिए राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:१५:oo

नेपाली कांग्रेसको सिन्धुपाल्चोक सभापति बन्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामाले पदबाट राजीनामा दिएका छन्। इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका उपप्राध्यापक लामाले शुक्रबार पदबाट राजीनामा दिएका हुन्। लामाले शुक्रबार विभागमा राजीनामा–पत्र बुझाएको विभागले जानकारी दिएको छ।

लामाले आफूले राजनीतिमा केन्द्रित हुन पदबाट राजीनामा दिएको नयाँ पत्रिकालाई बताए। ‘सिन्धुपाल्चोक जिल्ला सभापतिमा उमेदवारी दिन राजीनामा दिएको हुँ। अब सक्रिय राजनीतिमा लाग्छु,’ लामाले नयाँ पत्रिकासँग भने। 

‘राजनीतिक दलसम्बन्धी ऐन,२०७३’ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन र प्रतिनिधि बन्न बन्देज गरेको छ । यसविपरीत राजनीतिक दलका अधिवेशनमा प्राध्यापकहरू प्रतिनिधिका रूपमा छनोट हुँदै आएका छन्। 

कांग्रेसले सिन्धुपाल्चोकसहित १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशनको मिति तय गरेको छ। लामा कांग्रेसको संस्थापन समूहनिकटका हुन्। सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन इतर समूहबाट वंशलाल तामाङको नाम चर्चामा छ। 
 

ad
ad