१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १६ शुक्रबार १६:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग : एपिएफ र आर्मीबीचको खेल बराबरीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १६:४३:oo

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब सशस्त्र प्रहरी बल (एपिएफ) क्लबसँग बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एपिएफसँग १–१ गोलको बराबरी खेलेको हो। बराबरीसँगै आर्मीलाई उपाधि होडमा धक्का लागेको छ। आर्मीको यो  तेस्रो बराबरी खेल हो।

पहिलो हाफ गोलरहित प्रतिस्पर्धात्मक बनेको थियो। दोस्रो हाफमा भने दुवै टोलीले आक्रामक खेल्दा दुवै गोल दोस्रो हाफमा निस्किएका थिए । ६३औँ मिनेटमा आर्मीका कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। दिनेश हेन्जनको पासमा एपिएफका चार डिफेन्डर र गोलकिपरलाई बिट मार्दै आकर्षक गोल गरेका थिए। तर, अग्रता धेरै समय टिकेन। चार मिनेटपछि नै एपिएफ खेलमा फर्कियो।

एपिएफका बिक्की तामाङले गोलकिपर विकेश कुथुले सम्हाल्न नसकेको बललाई जाली चुमाउन सफल भए। यसअघि कप्तान नवीन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्डमा बिक्कीले गोल गरेका हुन्।

योसँगै आर्मीको सात खेलबाट ११ अंक भएको छ। शीर्षस्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबको ६ खेलबाट १४ अंक छ। समान ६ खेलपछि मनाङ मर्स्याङ्दीको १३ र संकटाको १२ अंक छ।