Skip This
समाजवाद बुझाउन प्रज्ञामा कला प्रदर्शनी (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Tuesday, 16 September, 2025
२o७८ पौष १६ शुक्रबार १३:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

समाजवाद बुझाउन प्रज्ञामा कला प्रदर्शनी (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १३:३९:oo

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी सुरु भएको छ। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी यात्रा’ शीर्षकमा करिब दुई दर्जन कलाकारका कलाकृति प्रदर्शन गरिएको हो। अखिल नेपाल ललितकला संघको संयोजनामा भएको पाँचदिने कला प्रदर्शनीमा नेपाली कलाकारका कलाकृति राखिएको छ।

आन्दोलन, गणतन्त्र, श्रम, मजदुर, जनजीविका, कृषिक्रान्ति, वित्तीय पुँजीवाद र त्यसको असर, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पनालगायतका विषयमा केन्द्रित रहेका कलाकृति प्रदर्शनीमा देख्न सकिन्छ। प्रदर्शनीमा अग्रज कलाकार जुलुमलाल चित्रकार, नारदमणि हार्तम्छाली, लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशवराज खनाल, पाल्साब्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रवीन्द्र श्रेष्ठ, राजकुमार रानामगर, राजकुमार खड्का,  लीलाधर केसी, अमर परियार, अमिर शाक्य, खेम विक, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामीमगर, पूर्णिमा पौडेललगायतका कलाकारका तीन दर्जनभन्दा बढी कलाकृति राखिएका छन्।