१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुस पन्ध्र : कसैले नयाँ वर्षका रूपमा मनाउँछन्, कसैले जीवनसाथी रोज्ने दिनका रूपमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३४:oo

तमु ल्होसार कुनै राजनीतिक र धार्मिक घटनासँग जोडिएको पर्व होइन। यो केवल प्रकृतिसँग सम्बन्धित पर्व हो। गुरुङ समुदायले पुसे १५ लाई नयाँ वर्षको रूपमा मनाउँछन्। यो एक साझा पर्व हो।

यसको अन्तर्राष्ट्रिय सम्बन्ध पनि छ। पश्चिमेली विद्वानहरूले वर्ष दिनभरिमा २२ डिसेम्बरको रातलाई सबैभन्दा लामो रात भनेका छन्। त्यसैगरी वर्ष दिनभरि २१ जुनलाई सबैभन्दा लामो दिन भनेका छन्। यसमा नेपालको मान्यतालाई दाँजेर हेर्दा नेपालमा असार १५ सबैभन्दा लामो दिन मानिन्छ। उक्त दिन जुन २१ मा पर्छ र असारको नजिक नजिक हुन्छ। त्यस्तै, पुस १५ र २२ डिसेम्बर नजिक–नजिक पर्छन्। पुस १५ को दिनमा नभईकन पुस १५ भन्दा ६–७ दिनअघि पुसको ६–७ गतेदेखि नै दिन लामो हुँदै जान्छ। यो आभास हामीले गरिसकेको हो। पुस १५ गतेदेखि दिन लामो हुँदै जान्छ भन्ने पहिलेदेखिको मान्यता हो।

त्यसपछि गण्डकी प्रदेशका गुरुङ, मगर, खस–बाहुनको साझा हो पुस पन्ध्र। खस–बाहुनहरूले पनि पुस १५ देखि दिन लामो हुँदै जान्छ भनेर अनदीको लट्टे र कालोमासको फुलौरा खान्छन्। यसैगरी मगर युवा–युवतीहरूले पुस १५ को दिनमा खुवा खाएर आफ्नो जीवनसाथी रोज्छन्। गुरुङहरूले दिन लामो हुँदै जाने पुस पन्ध्रलाई नयाँ वर्ष मान्छन्। नेपालीहरूको चाडपर्वको तिथिमिति र गते एउटै हुन्छ। त्यसलाई मान्ने तरिका मात्रै आ–आफ्नै खालका हुन्छन्।

यसलाई तिब्बती भाषामा लोसार भनिन्छ। ‘लो’ भनेको वर्ष र ‘सार’ भनेको नयाँ हो। यही ल्हाेसारलाई नेपालका थकाली तामाङ र गुरुङले ल्होछार भन्छन्। ‘ल्हो’ बाट ‘लो’ र ‘सार’बाट ‘छार’ भएको छ। लोसार तिब्बती भाषाको शब्द हो र ल्होछार चाहिँ गुरुङ भाषाको शब्द हो। लमजुङ हिमालदेखि उत्तरपट्टिको मनाङे, गुरुङले पौष शुक्ल प्रतिपदाको दिनमा तोल ल्हाेसार मान्छन् भने लमजुङ हिमालदेखि दक्षिणपट्टिका लमजुङे गुरुङले गतेअनुसार पुस १५ का दिन तमु ल्होसार मान्छन्। यसरी लोसारलाई ल्होछार भन्नु र पुस १५ गतेलाई नयाँ वर्ष ल्होछार मान्नु गुरुङ संस्कृतिको विशेषता हो।

(नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङसँग शिवहरि घिमिरेले गरेको कुराकानीमा आधारित )

ad
ad