Skip This
हिउँले सेताम्मे रारा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १५ बिहीबार
  • Monday, 17 June, 2024
२o७८ पौष १५ बिहीबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हिउँले सेताम्मे रारा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १५ बिहीबार १७:o१:oo

मंगलबार रातिदेखि कर्णालीका जिल्लाहरूमा भएको हिमपातले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यतिवेला करिब एक फिट हिउँ जमेको छ । बिहीबार मौसममा हल्का सुधार आएसँगै रारा ताल क्षेत्र सेताम्य टल्किएको छ । रारामा यो समय खासै पर्यटकको भिड नभए पनि दैनिक पाँचदेखि १० जना पर्यटक रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जानाएको छ ।

 

 

हिउँले रारा तालवरिपरिका डाँडा तथा चुचुराहरू  सेताम्य भएका छन् भने ताल क्षेत्रवरिपरि एक फिटजति हिउँ जमेको छ । आज रारामा हल्का घाम लागेपछि हिउँले ताल पूरै टल्किएर रमणीय देखिएको छ । सल्लेरीको, लामाचौर, जेउडे खोला र चुच्चेमारामा हिउँका कारण रारा आउने बाटो अवरुद्ध भएको स्थानीयले बताए । तालवरिपरि रहेका चौरहरू टम्म हिउँले भरिएर रारालाई झनै रमणीय बनाएका छन् । रूखहरू हिउँले भरिएर सेता फूलका थुंगाजस्तै देखिएका छन् । 

 

 

 

ad
ad
ad
ad