१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकै दिन वायुसेवा निगमका दुई जहाज ग्राउन्डेड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२३:oo

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा जहाज एकैचोटि ग्राउन्डेड भएका छन् । निगमको कलसाइन ९ एन–एलवाई वाइडबडी (एयरबस–३३०) र ९ एन–एकेडब्लू न्यारोबडी (एयरबस–३२०) जहाजमा प्राविधिक समस्या आएपछि दुवै जहाज मंगलबारदेखि ग्राउन्डेड भएका हुन् । दुई जहाज एकैपटक ग्राउन्डेड हुँदा निगमको उडान अस्तव्यस्त हुनुका साथै यात्रुको पनि बिचल्ली भएको छ । 

न्यारोबडी जहाज मंगलबार दिउँसो कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट अवतरण हुनेबित्तिकै ग्राउन्डेड भएको छ भने वाइडबडी जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड भएको छ । न्यारोबडी जहाज हमाद इन्टरनेसनल एयरपोर्टमा अवतरण भएर पार्किङतर्फ लैजाँदै गर्दा एउटा इन्जिनमा समस्या आएको निगम स्रोतले जनाएको छ । वाइडबडी जहाज मंगलबार राति १०ः५० बजे जापानको नारिता उडान गर्ने तयारी गरिरहेका वेलामा जहाजमा विद्युतीय समस्या देखिएर ग्राउन्डेड भएको निगमले जनाएको छ ।

काठमाडौंबाट जापान जान लागेका यात्रुहरूले त्रिभुवन विमानस्थल पुगिसकेपछि मात्र जहाज ग्राउन्डेड भएको थाहा पाएका थिए भने कतिपय यात्रुले बोर्डिङ पाससमेत लिइसकेको बताइएको छ । जापान जानका लागि एक सय १०८ यात्रुले टिकट लिएका थिए । सोही जहाजमा जापानबाट नेपाल आउनका लागि १९३ यात्रुले टिकट लिएको निगमले जनाएको छ । 

दोहा उडेको जहाजले १३६ यात्रु बोकेका थियो भने ९२ यात्रुले काठमाडौं आउनका लागि टिकट काटिसकेका थिए । काठमाडौंबाट ११ बजेतिर दोहा उडेको जहाज दोहाबाट काठमाडौंका लागि दिउँसो १ः४० बजे उड्नुपथ्र्यो । उडान रद्द भएपछि टिकट काटिसकेका यात्रुलाई निगमले तारे होटेलमा लगेर राखेको छ । काठमाडौंमा ग्राउन्डेड भएको वाइडबडी जहाजमा सामान्य प्राविधिक समस्या आएको हुँदा एक÷दुई दिनमै मर्मत गरेर उडाउन सकिने निगमको भनाइ छ । विद्युतीय समस्या देखिएको जहाज मर्मतका लागि सामान मगाइसकेको बताइएको छ । 

ad
ad