१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चार महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:५६:oo

पछिल्लो चार महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना भएका छन्। प्रेस काउन्सिल नेपालको रेकर्डअनुसार आ.व. ०७८/७९ को ०७८ साउन १ देखि ०७८ मंसिर मसान्तसम्ममा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका हुन्। 

प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार यसमा गिरफ्तारीका– पाँच, कब्जा/अवरोधका– दुई, आक्रमणका– दुई, धम्की/दुर्व्यवहारका– १२ र पेसागत असुरक्षाका– १० घटना रहेका छन्। प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा १७ वटा घटना भएको काउन्सिलले बताएको छ।  यस्तै प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दुई–दुईवटा घटना रहेको छ। 

गत आ.व. ०७७/७८ मा भने ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको  थियो। काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको छ। 
 

ad
ad