टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ९ शुक्रबार २०:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘क्लिन एयर एलायन्स’गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार २०:०२:००

वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीतिनियमलाई प्रभावकारी कार्यान्वयन गरी ‘स्वच्छ वातावरणमा बाँच्न पाउने हक’ स्थापितका लागि पैरवी गर्न ‘क्लिन एयर एलायन्स’गठन भएको छ। नागरिक समाज, संघसंस्था, विश्वविद्यालय, नेपाल वातारण समाजका प्रतिनिधि र पत्रकारसमेतको काठमाडौंमा भएको एक भेलाले एलायन्स गठन गरेको हो। 

नेपाल पानी सदुपयोग फाउन्डेसनका डा. चिरन्जीवी भट्टराईको संयोजकमा रहेको एलायन्समा त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभागका – डा. रमेश सापकोटा, राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)का भोला भट्टराई, वातावरणीय सुशासन कार्य समूहका किरण तिमिल्सिना, नेपाल वातावरण समाजका सन्तोष खनाल, इको कनेक्सन नेपालका कामना भट्टराई  र दिगो विकास इन्स्टिच्युटका आरती पौडेल सदस्य रहेका छन्। यम बम  प्रेस संयोजकमा चयन भएका छन् भने युथ एलायन्स फर इन्भायरोमेन्टका अन्जु पोख्रेल सदस्य सचिव बनेकी छिन् ।

प्रारम्भिक चरणमै रहेको एलायन्सको सचिवालय युथ एलायन्स फर इन्भायरोमेन्टले गर्नेछ भने एलायन्सको कार्यविधि बनाउन प्रतिनिधि चयन गरिएको हो। एलायन्सले प्रेस नोट जारी गर्दै  ‘क्लिन एयर एलायन्स’मा आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान पनि गरेको छ। ‘प्रदूषण नियन्त्रणका लागि वातारण संरक्षण ऐन तथा नियामावली, काठमाडौं वायु प्रदूषण नियन्त्रण कार्ययोजना बने पनि कार्यान्वयन हुन नसक्नु, नियमनकारी निकायबाट प्रभावकारी कार्य गर्न नसक्नु, वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि सुदृढ र सवल संस्थागत विकास हुन नसक्नु र निजी तथा नागरिक समाजबाट यस्ता मुद्दा तथा सवालको खासै उठान हुन नसकेको अवस्थामा पैरवीका लागि एलायन्स गठन गरिएको हो,’ जारी प्रेस नोटमा भनिएको छ।

काठमाडौंलगायत मुख्य सहरहरूको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डभन्दा कैयौँ गुणा बढी हुने गरेको प्रेस नोटमा उल्लेख छ। ‘विश्व स्वास्थ्य संगठनअनुसार पिएम २.५ को मात्रा २४ घन्टामा २५ माइक्रोग्राम नाघ्नु हुँदैन। नेपाल सरकारको मापदण्डअनुसार यो मात्रा ४० कायम गरिएको छ,’ प्रेस नोटमा भनिएको छ, ‘गत वर्ष काठमाडौंस्थित फोहोरा दरबारलगायत स्थानमा पिएम २.५ को मात्रा ५ सयभन्दा बढी पुगेको थियो, जुन जनस्वास्थ्यका लागि घातक मानिन्छ। ४ दिन स्वास्थ्य आपतकाल घोषणासँगै शिक्षण संस्था बन्द गर्ने अवस्थामा पुगे।’

बढ्दो औद्योगीकरण, अव्यवस्थित सहरीकरण, यातायात क्षेत्रमा भएको बढोत्तरी, खुला क्षेत्रमा फोहोर व्यवस्थापन, वन डढेलो, सुक्खा, आगलागी, अन्तरदेशीय प्रदूषणका कारण वायु प्रदूषण बिग्रँदो अवस्थामा रहेको भनिएको छ।