मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच महिनामा करिब १८ हजार सवारीसाधन कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

जिल्ला ट्राफिक कार्यालय सिराहाले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारीसाधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, सिराहा, माडर, सुखीपुर, बरियारपट्टिलगायतका ठाउँहरूमा चेकजाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

कार्यालयका अनुसार कारबाहीअन्तर्गत चालू आ.व.को साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड ३१ लाख ६४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक दानबहादुर म्रिङ्चिङले बढ्दो सवारी दुर्घटना र मानवीय क्षतिलाई कम गर्न ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण अभियानसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। म्रिङ्चिङका अनुसार अभियानसँगै पूर्व–पश्चिम र सहायक तथा भित्री सडकहरूमा हुने सवारी दुर्घनामा कमी आएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सहर बजार क्षेत्रमा पैदलयात्रुका लागि सडकमा जेब्रा क्रस निर्माण, छाडा चौपाया नियन्त्रणसहित विद्यालय क्याम्पसमा विद्यार्थी तथा बटुवालाई लक्षित गरी समयसमयमा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको उनले बताए।