१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विकासप्रेमी सरकार ढालेर भ्रष्ट सरकार बनाइयो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:२६:oo

एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासप्रेमी सरकार ढालेर देशी–विदेशी प्रतिक्रियावादीहरूले वर्तमान भ्रष्ट सरकार बनाएको दाबी गरेका छन् । एमाले पर्साले वीरगन्जमा बिहीबार आयोजना गरेको सभामा ओलीले पराजित शक्तिहरूलाई सत्ता सुम्पिइएको बताए । 

‘अहिलेको सरकार जनताले बनाएको होइन, देशी–विदेशी प्रतिक्रियावादीहरूले बनाइदिएका हुन्,’ उनले भने, ‘एमालेले साथ दिएका कारण माओवादीले ४९ सिट जितेको हो । कांग्रेस जनताबाट पराजित भएको हो । त्यसैले सरकार बनाउने उनीहरूको तागत थिएन । देशी–विदेशी प्रतिक्रियावादीले बनाइदिएका हुन् ।’

उनले परमादेशको आडमा बनेको वर्तमान सरकार विकासविरोधी भएको जिकिर गरे । ‘हामीले विकासको लहर ल्याएका थियौँ । हामीले जति विकास अहिलेसम्म कसैले गरेको थिएन । त्यही विकास देख्न नचाहनेहरूले परमादेशको आडमा हाम्रो सरकार गिराए र भ्रष्ट सरकार बनाए,’ उनले थपे, ‘यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेकोबढ्यै छ । महँगी, भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिबीतिर लगेको छ ।’ कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई ओलीले स्वागत गरे । 

ad
ad