मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज कार्यालयबाट पाँच महिनामा ८८ अर्ब रुपैयाँ राजस्व संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३o:oo

देशकै मुख्य व्यापारी नाका वीरगन्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।

आर्थिक वर्ष ०७७/७८ को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा  ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजस्व संकलन भएको  छ। यो गत आवको तुलनामा ५२.५० प्रतिशत बढी हो।

विभागले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब आठ करोड ६६ लाख रुपैयाँ बढी  राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४२ करोड ४१ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको  छ। रासस