मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १५ सोमबार
  • Monday, 29 May, 2023
२०७८ पौष ७ बुधबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभामा पनि एमालेको अवरोध

Read Time : < 1 मिनेट
२०७८ पौष ७ बुधबार १७:३०:००

प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सभा बैठकमा पनि अवरोध गरेको छ। संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको एमालेको बुधबार बागमती प्रदेश सभामा पनि अवरोध गरेको हो।

एमालेको अवरोधका कारण बागमती प्रदेश सभाको नवौँ अधिवेशनअन्तर्गत सातौँ बैठक १० मिनेटमै स्थगित भएको छ। एमालेले अवरोध गरेपछि बिहीबार बिहान ११ बजे बस्ने गरी सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन्।

एमालेले प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मन्त्रालय फुटाएर १४ वटा बनाएर खर्च बढाएको, आफ्नो दलको कमिटी विस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीले अभिव्यक्ति दिएको र प्रदेश महत्वका योजनाको कटौती गरेकोबारे विरोध गरेको जनाएको छ। 

बैठकको सुरुवातमै पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले यसअघि आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुनुपर्ने, कटौती गरिएको गौरवको आयोजना फिर्ता लिनुपर्ने र मन्त्रालय विभाजनको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए। पौडेलले बोले लगत्तै  एमाले सांसदहरूले उठेर संसद् बैठक अवरोध गरेका थिए।