१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समितिमा तीन क्लस्टरको मतपरिणाम आज आउने    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४८:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज खस–आर्य, आदिवासी–जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ। खस–आर्यबाट १३, आदिवासी–जनजातिबाट १५ र दलितबाट नौ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसको विधानमा छ। आज ३७ केन्द्रीय सदस्यको मतपरिणाम आउनेछ। अरू परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ।     
     
तीन क्लस्टरबाहेकको निर्वाचन परिणाम प्राप्त भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। पार्टी विधानमा एक सय २१ केन्द्रीय सदस्य र १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ। एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ। यसैगरी ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार पनि सभापतिलाई दिइएको छ।     
     
आगामी चारवर्षे कार्यकालका लागि गत मंसिर २७ गते मतदान भएको थियो। विद्युतीय मतदान प्रक्रियामा जान सहमति नजुटेका कारण निर्वाचनको अन्तिम परिणाम आउन एक हप्ताभन्दा बढी समय लागेको छ। आज बेलुकीसम्म भने सबै परिणाम प्राप्त भइसक्ने निर्वाचन समितिले जनाएको छ। रासस     

ad
ad