मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बेपत्ता युवक चन्द्र कामी
२०७८ पौष ७ बुधबार ०९:२४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चन्द्र कामी बेपत्ता प्रकरण : उत्पीडित जातीय मुक्ति समाजको विरोध 

Read Time : < 1 मिनेट
२०७८ पौष ७ बुधबार ०९:२४:००

नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाले अन्तरजातीय विवाह गर्ने चन्द्र कामीलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । समाजले मंगलबार विज्ञप्ति जारी गर्दै जातीय विभेद गर्नेमाथि कारबाही गर्न प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

‘दलित समुदायकै भएका कारणले चन्द्र कामीलाई अपहरण गरी विवाहलाई बिथोल्ने र उनलाई बेपत्ता पार्ने जुन अमानवीय कार्य भएको छ । यस प्रकारको घटनाप्रति निन्दा तथा भत्र्सना गर्दै बेपत्ता परिएका व्यक्तिको सकुशल उद्धार गरिनुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ । घटनामा संलग्न व्यक्तिहरूको चाँडोभन्दा चाँडो पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको संगठनका अध्यक्ष लालधन टमटाले बताए ।