१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
फाइल फोटो ।
Invalid date format ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झादम्पती हत्या प्रकरण : थप तीन आरोपीलाई धरौटीमा छाड्न अदालतको आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

महोत्तरीको पिपरा गाउँपालिकाका झादम्पतीको हत्यामा संलग्न भएको आरोपमा पुर्पक्षमा पठाइएका थप तीनजनालाई उच्च अदालत जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ। ४ पुसमा न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले आरोपी बब्लु झालाई दुई लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादव दुई दाजुभाइलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो। 

यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई दुई लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा छाडिसकेको छ। गत वर्ष फागुन ११ गते घरबाट बेपत्ता भएका पिपरा– ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको शव चैत १२ गते पिपरा– २ अतरातमा पुरिएको अवस्थामा फेला परेको थियो।

वृद्ध दम्पतीको शव भेटिएपछि प्रहरीले सातजनालाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा पेस गरेको थियो। हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको भनी जिल्ला अदालतकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा– ५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनी घर भई हाल पिपरा– ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको हो।

मृतक दम्पतीकै नातामा भतिजो पर्ने सोही ठाउँका कैलाश झाले दम्पतीको हत्या गरी शव एक महिनासम्म आफ्नै घरमा लुकाएर राखेका थिए। पछि हत्यामा संलग्नता खुल्ने डरले शव अन्यत्र सारेपछि उनी पक्राउ परेका थिए। कैलाश झाको घरबाट प्रहरीले शव लुकाएर राखेको जस्तापाताले बनेको ट्रंक र अन्य प्रमाणहरू बरामद गरेको थियो।