Skip This
हंस बहुउद्देश्यीय सहकारीको  मोबाइल बैंकिङ एप सञ्चालनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ५ सोमबार
  • Monday, 17 June, 2024
२o७८ पौष ५ सोमबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

हंस बहुउद्देश्यीय सहकारीको  मोबाइल बैंकिङ एप सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ५ सोमबार १o:५४:oo

चितवनको हंस बहुउद्देश्यीय सहकारीले मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । नारायणगढमा रहेको सहकारीले आफ्नै मोबाइल तथा एसएमएस बैंकिङ सञ्चालनमा ल्याएको हो । 

संस्थाको १२औँ वार्षिकोत्सवको अवसर पारेर मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले बताए । हंस मोबाइल बैंकिङ एप नाम दिइएको मोबाइल एपको प्रशासन तथा सहकारी विकास महाशाखा बागमती प्रदेशका रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीले उद्घाटन गरेका थिए । 

सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै हंसले आफ्ना सेयर सदस्यको सहजताका लागि बैंकिङ एप सञ्चालनमा ल्याएको चुकेले बताए । चुकेले भने, ‘अब संस्थामा सेयर सदस्य हुने सेयरधनीले घरबाटै आफ्नो वित्तीय कारोबारको सजिलै जानकारी लिन सक्नेछन् । सेयर सदस्य र वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउन मोबाइल एप सञ्चालनमा ल्याएको हो ।’ 
मोबाइल एप्लिकेसन उपयोग गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोरमा हंस मोबाइल बंैकिङ तथा आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई डाउनलोड गर्न सक्ने जनाइएको छ ।

प्रयोगकर्ताले एप्लिकेसनमार्फत अन्तरबैंकिङ रकम ट्रान्सफर, वालेट टपअप, खानेपानी, बिजुली, हवाई टिकटलगायत सेवाको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको संस्थाले जनाएको छ । सहकारीले एपमा थप सेवा विस्तार गर्दै लैजानेसमेत बताएको छ । यस सहकारीका झन्डै चार हजार सेयर सदस्य छन् । नारायणगढमा मुख्य कार्यालय रहेको सहकारीले भरतपुरको विजयनगर र टाँडीको रत्ननगरमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।

ad
ad
ad
ad