१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ४ आइतबार १२:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार १२:३२:oo

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ तोकिएको थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार सात सय ९८ डलर आसपास कारोबार भइरहेको छ। रासस