Skip This
सबै समुदायको हक, अधिकार र पहिचानले नेपाली राष्ट्रियता सुदृढ हुन्छ  ः अध्यक्ष प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ४ आइतबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सबै समुदायको हक, अधिकार र पहिचानले नेपाली राष्ट्रियता सुदृढ हुन्छ  ः अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार ११:२९:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सुदृढ हुने बताएका छन्। किराँत समुदायको उँधौली तथा नेवार समुदायको योमरी पुन्हिका अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारण उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको उल्लेख गरेका छन्।

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिको ठूलो योगदान रहँदै आएको स्मरण गरेका छन्।

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको हो । सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो,’ प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ।

 

ad
ad
ad
ad