Skip This
‘स्पाइडर म्यान : नो वे होम’को आक्रामक व्यापार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:११:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘स्पाइडर म्यान : नो वे होम’को आक्रामक व्यापार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:११:oo

सोनी ग्रुपको बहुप्रतिक्षित ‘स्पाइडर म्यान : नो वे होम’ थिएटरमा रिलिज भएको छ। रिलिजको पहिलो दिनदेखि नै फिल्मले आक्रामक व्यापार सुरु गरेको छ। बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन अमेरिकामा मात्र ५० मिलियन डलर कमाएको छ।

रिलिजको दोस्रो दिनसम्म फिल्मले विश्वभरबाट ११४.२ मिलियन डलर कमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले पहिलो दिन भारतमा मात्र ३२.६७ करोड भारु कमाएको छ। भारतमा मात्र तीन हजार २६४ पर्दामा फिल्म रिलिज भएको छ।

सन् २०१९ मा रिलिज भएको ‘एभेन्जर्स : एन्डगेम’पछि थिएटरमा यो फिल्मले सबैभन्दा धेरै टिकट प्रि–सेल गरेको छ। फिल्मकोे टिकटको प्रि–सेल खुला भएसँगै धेरै ट्राफिकका कारण वेबसाइट नै ओभरलोड भएको थियो। स्पाइडर म्यान मार्बलको सबैभन्दा लोकप्रिय पात्रहरूमध्येको एक हो, जसलाई हलिउडमा सबैभन्दा शक्तिशाली फ्रेन्चाइज मानिन्छ। यो फिल्मले अमेरिकामा मात्र चार बिलियन डलर कमाउने आकलन गरिएको छ।

२०० मिलियन डलर लगानीमा बनेको फिल्मलाई जोन वाट्सले निर्देशन गरेका छन्। टम हल्यान्ड, बेनिडिक्ट कम्बरब्याच, ज्याकोब बटालोन, जोन फेभरोलगायतको अभिनय रहेको फिल्मले आइएमडिबीमा ९.१ रेटिङ पाएको छ।