१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २ शुक्रबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोकना, बुंमती र हरिसिद्धि क्षेत्रलाई थप विकास गर्नुपर्नेमा मन्त्री भुसालको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार १७:११:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रूपमा विकास गर्न वडा कार्यालयहरूलाई सक्षम बनाउनुपर्ने बताएकी छिन्। उनले बाक्लो बस्तीभित्र पनि कैयौँ समस्या रहेकोले ती बस्तीका समस्या समाधान गर्न वडालाई थप प्राथमिकता दिनुपर्ने बताएकी हुन्।

शुक्रबार महानगरपालिकाको १०३औँ स्थापना दिवसको अवसरमा पुल्चोकमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले महानगरपालिकाका सबैजसो वडाहरूमा ऐतिहासिक सम्पदा रहेकोले ती सम्पदालाई चिनाउन आवश्यक रहेको बताइन्। उनले महानगरभित्रका निकै महत्वपूर्ण बस्ती खोकना, बुंमती र हरिसिद्धि क्षेत्रलाई विकासका योजनामा प्राथमिकतामा राख्नुपर्ने बताइन्।

‘महानगरभित्र पर्यटकका निम्ति धेरै थोक छन्, यहाँ पर्यटक आकर्षित गर्न सकिने आधारहरू प्रशस्त भएकोले हामीले त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरूप नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको छ।’ उनले त्यसको लागि स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य भइरहेको बताइन्।

कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नं ३ का प्रदेश सभा सदस्य राजकाजी महर्जनले ललितपुर महानगर क्षेत्रका सांस्कृतिक सम्पदालाई थप प्रचारप्रसार गर्न आवश्यक रहेको औँल्याए।