१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o९:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकको १२.०७ प्रतिशत लाभांश पारित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:oo:oo

मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीका लागि बोनस सेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एघारौँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको जनाइएको छ ।

यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदान–प्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिएको बैंकले जनाएको छ । 

साधारणसभामा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंकभित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए । उनले भने, ‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग–व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक–वित्तीय संस्थाहरूको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौँ ।’ पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायका नीति तथा निर्देशन अनुकूल रहेमा लाभांश दरलाई २० प्रतिशत पु¥याउने लक्ष्य लिएको उनको भनाइ थियो । 

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने उनको भनाइ थियो । अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग–व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरूमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रूपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए । 

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधारशिविर खडा गर्दै अघि बढेको बताइन् । कोरोनाको कहरबाट थलिएको उद्योग–व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाको खोजी गर्दै व्यापार प्रवद्र्धनलाई त्यतातर्फ मोडेको उनको भनाइ थियो ।

ad
ad