१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

ओमिक्रोनलाई बेवास्ता नगर्न डब्लुएचओको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५२:oo

हालसम्मकै सबैभन्दा उच्च संक्रामक देखिएको ओमिक्रोन भेरियन्टलाई बेवास्ता गरिएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले हालसम्म ७७ वटा देशमा पुष्टि भइसकेको भेरियन्ट पहिले नै फैलिइसकेको हुन सक्ने भएकाले बेवास्ता गरिँदा अर्को लहरको जोखिम रहेको चेतावनी दिएको छ ।

ओमिक्रोन भेरियन्ट अझै धेरै देशमा हुन सक्ने, तर पत्ता लगाउन नसकिएको हुन सक्ने डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको चेतावनी छ । उनले भनेका छन्, ‘ओमिक्रोन त्यो दरमा फैलिइरहेको छ, जुन यसअघिका संस्करणमा हामीले देखेका समेत थिएनौँ । अझै पनि हामी घातक नभएको भन्दै बेवास्ता गरीरहेका छौँ।’

डब्लुएचओका अधिकारीले भनेका छन्, ‘ओमिक्रोन तीव्र रूपमा फैलिरहेकाले पुनः एकपटक मानव स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्छ ।’ ओमिक्रोनले अर्को संकट निम्त्याउने जोखिम बढाए भन्दै डब्लुएचओ र युएन एजेन्सीले कोभिडविरुद्धको बुस्टर डोजमा तीव्रता दिनसमेत आग्रह गरेको छ । ओमिक्रोन संक्रमण बिस्तारै घातकसमेत बन्दै गएको विज्ञहरूले बताउन थालेका छन् ।

बेलायतमा ओमिक्रोनबाट एकजनाको मृत्यु भइसकेको छ भने १० जना गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका छन् । यसबाहेक भ्याक्सिनको पूर्ण मात्रा लगाएका व्यक्तिहरू पनि ओमिक्रोनबाट प्रभावित भइरहेको र अस्पताल भर्नादर बढेको समेत डब्लुएचआले कोभिड ब्रिफिङमा जनाएको छ ।