मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य सात सयले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार पाँच सय  रुपैयाँ कायम भएको छ जसको मूल्य बुधबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ तोकिएको थियो।
    
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  २५ रुपैयाँले बढेर एक हजार दुई सय ३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार सात सय ८३ डलर आसपास कारोबार भइरहेको छ।