मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
प्रतिकात्मक तस्बिर ।
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण भएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरिएको हो।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दीपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो। जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्। अन्य कारणबारे खोजी भइरहेको उनले जानकारी दिए।
 
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८  यात्रु र चालक दलका सदस्य रहेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए। कुनै समस्या हुन सक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ। यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ। रासस