१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुने राष्ट्रपति पुटिनको इच्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४७:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त गरेका छन्। अमेरिका, बेलायत र अस्ट्रेलियालगायतका केही देशहरूले अर्को वर्ष बेइजिङमा हुने खेलको कूटनीतिक बहिष्कार गर्ने बताएको वेला राष्ट्रपति पुटिनको यस्तो प्रतिक्रिया आएको हो।

‘मलाई आशा छ कि हामी अन्ततः अर्को फेब्रुअरीमा बेइजिङमा प्रत्यक्ष भेट्न सक्षम हुनेछौँ। हामीले पहिले नै सहमति गरेझैँ हामी शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिनुअघि वार्ता गर्नेछौँ,’ पुटिनले सीलाई भने।

चीनको कथित मानवअधिकार उल्लंघनको बढ्दो आलोचनाका बीच अमेरिकाको नेतृत्वमा रहेको कूटनीतिक बहिष्कारसँगै आर्थिक हिसाबले चीनमा धेरै भर परेको अमेरिकी सहयोगी जापानले पनि बेइजिङ ओलम्पिकमा क्याबिनेट मन्त्रीहरूलाई नपठाउने विचार गरिरहेको छ। यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया र लिथुआनियाले पनि बेइजिङ शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कारको घोषणा गरेका थिए। क्यानडा खेल बहिष्कार गर्ने पाँचौँ देश बनेको छ। रासस/एएनआई

ad
ad