Skip This
दमकमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमकमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:२२:oo

झापाको दमकमा एक युवकको हत्या भएको छ। बुधबार साँझ दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको धारिलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। पराजुली दमकस्थित मुख्य बजारको घिमिरे मार्केटमा काम गर्ने गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए। 

खुकुरी प्रहारबाट घाँटीमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो। उक्त अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो। 

अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। ‘साँझ ७ः३० बजेको समयमा मार्केटको भित्रपट्टि सटर छेउमा खुकुरी प्रहार भएको रहेछ,’ डिएसपी कार्कीले भने। घटनामा संलग्न फरार रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। घटनामा संलग्नको खोजी भइरहेको उनले बताए।