मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ मङ्सिर २९ बुधबार ११:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नियुक्त भएको ४२ दिनपछि सरकारीनिवासमा प्रवेश गरे प्रदेश १ का मुख्यमन्त्री राई 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ मङ्सिर २९ बुधबार ११:२४:००

नियुक्त भएको ४२ दिनपछि प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राई सरकारीनिवासमा प्रवेश गरेका छन् ।  १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राई आज (बुधबार) बिहान पत्नी शोभा पाठकसँगै सुनसरी मोरङ सिँचाइ आयोजनाको परिसरमा रहेको सरकारीनिवासमा बसोवास गर्न प्रवेश गरेका हुन् । योभन्दाअघि मुख्यमन्त्री राई विराटनगरको देवकोटा चोकस्थित राष्ट्रबैंकको गेस्ट हाउसमा बस्दै आएका थिए । 

सरकारका मुख्यमन्त्री र मन्त्रीहरू भाडाको घरमा बस्ने बाध्यता अन्त्य गराउन आफूले सरकारी संरचनालाई नै निवासका रूपमा प्रयोग गरेको मुख्यमन्त्री राईले बताए । उनका अनुसार उनी बस्न सुरु गरेको उक्त सरकारीनिवास आगामी  सबै मुख्यमन्त्रीहरूका लागि स्थायी मुख्यमन्त्रीनिवास हुनेछ । चाँडै सबै मन्त्रीहरूका लागि पनि सरकारीनिवास नै उपलब्ध गराउन सरकारले व्यवस्था मिलाउने मुख्यमन्त्री राईले बताए ।

सिँचाइ आयोजनाले गेस्टहाउसको रूपमा प्रयोग गर्दै आएको पुरानो सानो एकतले पक्की भवनमा सुरुमा  प्रदेश १ का प्रदेश प्रमुख बस्दै आएका थिए । प्रदेश प्रमुख विराटनगर १ स्थित सरकारीनिवासमा सरेपछि उक्त भवनमा सामाजिक विकासमन्त्री उषाकला राई चार महिना बसेकी थिइन् । सरकार परिवर्तसँगै खाली भएको उक्त भवनलाई सामान्य स्तरोन्नति गरेपछि मुख्यमन्त्री राईले स्थायी मुख्यमन्त्रीनिवासका रूपमा विकास गराएका हुन् । 

प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राई विराटनगर ३ कञ्चनवारीमा  घरमा  मासिक ६० हजार भाडा तिरेर बस्दै आएका थिए । दुईतले उक्त घरमा सुरक्षा संरचना निर्माण गर्न प्रदेश सरकारले २० लाखभन्दा बढी खर्च गरेको थियो । हाल पनि उक्त घरमा पूर्वमुख्यमन्त्री  शेरधन आफैँले एउटा फ्ल्याटको भाडा तिरेर बस्दै आएका छन्।

प्रदेश १ का दोस्रो मुख्यमन्त्री भीम आचार्य सरकारीनिवासको अभावले पदमा रहेको ६७ दिनसम्म राष्ट्रबैंककै गेस्ट हाउसमा बसेका थिए । प्रदेश १ मा हाल प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकासमन्त्री जयराम यादवबाहेक सबै मन्त्री र राज्यमन्त्रीहरू भाडाको घरमा बस्दै आएका छन् । समाजिक विकासमन्त्री यादव विराटनगर १४ स्थित आफ्नै घरमा बस्छन । प्रदेश १ सरकारले अन्य सुविधाबाहेक मन्त्रीहरूलाई घर भाडाबापत मासिक २५ हजार दिँदै आएको छ । मुख्यमन्त्रीको हकमा चाहिँ घरभाडा र सुविधाबापतको खर्च सरकारले नै व्यर्होदै आएको थियो ।