१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेद्वारा स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:४८:oo

एमालेले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकमा ओलीले स्थायी कमिटीमा २६ नेताको नाम प्रस्ताव गरेका थिए। ओलीको प्रस्ताव बैठकले अनुमोदन गरेको हो। १९ पदाधिकारीसहित ४५ सदस्यीय स्थायी कमिटी बनेको छ। 

यस्तै ९९ सदस्यीय पोलिटब्युरो पनि गठन भएको छ। स्थायी कमिटीका ४५ सदस्यसहित ओलीले प्रस्ताव गरेको ५४ नेताको नाम बैठकले अनुमोदन गरेको हो। 

बैठकले ३०१ निर्वाचित केन्द्रीय सदस्यको जिम्मेवारी पनि तोकेको छ। मनोनीत केन्द्रीय सदस्यको जिम्मेवारी भनेपछि तोकिने पोखरेलले जानकारी दिए। 

ad
ad