Skip This
ad
एमाले केन्द्रीय कमिटी बैठक : स्थायी समिति र पोलिटब्युरो  गठनको अन्तिम गृहकार्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o८:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले केन्द्रीय कमिटी बैठक : स्थायी समिति र पोलिटब्युरो  गठनको अन्तिम गृहकार्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:३३:oo

एमालेले आइतबार स्थायी समिति र पोलिटब्युरो गठन गर्ने भएको छ । शनिबार अन्य नौ एजेन्डामा छलफल भए पनि एमालेले आइतबारको केन्द्रीय कमिटी बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनको प्रस्तावमा छलफल गर्ने भएको छ । 

एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेन्डा छन् । आइतबारको बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित बाँकी ६ एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । १९ जना पदाधिकारी, स्थायी समितिका पूर्वसदस्य, नवौँ महाधिवेशनपछि पोलिटब्युरोमा रहेका १७ नेता तथा नवौँअघि नै पोलिटब्युरो सदस्य रहे पनि बीचमा छुटेका नेतामध्येबाट ४५ सदस्यीय स्थायी समिति बनाउने गरी अध्यक्ष केपी ओलीले गृहकार्य गरेका छन् । 

गृहकार्यबारे ओलीले शनिबार बसेको सचिवालय बैठकमा जानकारी गराएका थिए । त्यस्तै, कम्तीमा एक कार्यकाल निर्वाचित केन्द्रीय कमिटीको पूर्ण सदस्य रहेकामध्येबाट ९९ सदस्यीय पोलिटब्युरो गठन गर्ने तयारी छ । यिनै मापदण्डभित्र पूर्वमाओवादी समूहका नेताहरूलाई पनि समेट्ने ओलीको योजना छ ।

 २३ पुसमा जिल्ला र  ८ माघमा प्रदेश अधिवेशन 
एमाले केन्द्रीय कमिटी बैठकले २३ पुसमा सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै, ८ माघमा सबै प्रदेशको अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य नीरज आचार्यले बताए । फागुन मसान्तभित्र अधिवेशन गरिसक्न बैठकले सबै जनसंगठनलाई निर्देशन दिएको छ । त्यस्तै, माघ र फागुनमा देशभर पार्टी प्रवेश र महाधिवेशनको सन्देश सम्प्रेषणको अभियान सञ्चालन गर्ने एमालेको निर्णय छ । त्यसका लागि पुस महिनामा तयारी गर्ने बताइएको छ ।

त्यसैबीच बैठकले विधानमा आवश्यक सम्पादन र नियमावली बनाउन उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सदस्यहरू खगराज अधिकारी र रमेश बडाल रहेको तीन सदस्यीय कार्यदल बनाएको छ । त्यस्तै, बैठकमा उपमहासचिव विष्णु रिमालले पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानबाट सञ्चालन गर्ने गरी अन्तिम तयारी भइरहेको ब्रिफिङ गरेका थिए । त्यहीबीचमा बल्खुमा पार्टी केन्द्रीय कार्यालय बनाउने योजना रहेको पनि उनले जानकारी गराएका थिए । 

अमृत बोहरा सल्लाहकार परिषद्को अध्यक्ष 

एमाले केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा नेता अमृत बोहरा चयन भएका छन् । शनिबारको केन्द्रीय कमिटी बैठकले दुई कार्यकाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहेका बोहरालाई अध्यक्ष चयन गरेको हो । 

प्रतिगमनको प्रयास असफल पार्ने दायित्व एमालेको काँधमा छ  ः ओली

एमाले अध्यक्ष केपी ओलीले मुलुकमा प्रतिगमनको आधार तयार पार्ने प्रयास भइरहेको दाबी गर्दै असफल पार्ने दायित्व एमालेको काँधमा आएको बताएका छन् । भक्तपुरको गठ्ठाघरमा शनिबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो प्रयास कहाँबाट भएको छ भन्ने स्पष्ट गरेनन् । 

‘एमाले समाजवादको आधार निर्माण गर्ने बाटोमा अगाडि बढिरहेको छ । यद्यपि, हाम्रो यात्रालाई षड्यन्त्रपूर्वक अवरुद्ध पार्ने काम भएको छ । हामी निरन्तर त्यो यात्रामा अगाडि बढ्छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘तर, कतिपय शक्ति लोकतन्त्रमा अनास्था जगाउने, संविधानको हुर्मत लिने, जनतामा परिवर्तनप्रति, संघीयताप्रति अविश्वास बढाएर बिस्तारै प्रतिगमनको आधार तयार पारिरहेका छन् ।’

प्रयासलाई सफल हुन नदिन दृढतापूर्वक प्रतिवाद गर्दै अघि बढ्न ओलीले केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् । ‘मुलुकलाई सही दिशामा अगाडि बढाउने दायित्व एमालेको काँधमा आएको र त्यो दायित्व कुशलतापूर्वक पूरा गर्ने काममा क्रियाशील हुन निर्देशन दिनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने । ओलीले मुलुकमा मुख्यतः दुई शक्तिबीच ध्रुवीकरणतिर मुलुक उन्मुख भएको विश्लेषण गरेका थिए । 

ओलीले पार्टी प्रवेशको लहर ल्याएर आगामी निर्वाचनमा विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न केन्द्रीय सदस्यलाई निर्देशन दिए । जनता एमालेको साथमा रहेकाले मोर्चाबन्दी गरिरहनु नपर्ने उनको भनाइ थियो । हरेक वडामा पुगेर जनताले भोगिरहेका समस्या र उनीहरूका अपेक्षाबारे कम्तीमा पाँच विषय लिएर मात्र केन्द्रमा फर्किन ओलीले निर्देशन दिए । दशौँ महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह भरेको दाबी गर्दै ओलीले उत्साहलाई समाजको अग्रगामाी रूपान्तरणमा उपयोग गर्ने गरी पार्टीपंक्ति परिचालित गर्नुपर्नेमा जोड दिए ।

ad
ad