१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामुदायिक विकास तथा विश्वशान्ति पत्रकारिता सम्मान नन्दकुमार देवानलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:५२:oo

सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौँ अन्तर्राष्ट्रिय सम्मान– २०२० बाट ‘सपरिवार’ मासिकका पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन्। अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा शनिबार भएको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले उनलाई सामुदायिक विकास तथा सम्मान एवं मेडल प्रदान गरे। 

वातावरण क्षेत्रमा करिब दुईदशक कलम चलाएबापत सम्मान गरिएको हो। कार्यक्रममा श्रेष्ठले यस्ता पुरस्कारले नेपालमा काम गर्ने पत्रकारमा समेत जोस र जाँगर थपेको बताए। 

सो पुरस्कारका लागि गुवाहाटीबाट प्रकाशित हुने नेपाली भाषाको मासिक पत्रिका ‘सपरिवार’बाट उनी ‘टप १० गोर्खा अफ आसम’मा परेका थिए।
मात्रै २२ वर्षको उमेरमा उपलब्धि हासिल गरेका देवानलाई सन् २००९ मा आसामको राजधानी गुवाहाटी प्रेस क्लबको मानार्थ एसोसिएट सदस्यता दिइएको थियो। देवानले नेपाली अनि बंगलादेश र भुटानका पत्रपत्रिकाका लागि पनि स्टिंगरका रूपमा योगदान गरेका थिए। 

कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय रहेर आर्थिक विकासमा योगदान पु¥याउने इन्द्रभूषण सिंहका नाममा उनका छोरा गौरवकुमार सिंहलाई कदरपत्र प्रदान गरिएको छ।


 

ad
ad