१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभापतिको प्रतिस्पर्धाबाट बाहिरिए पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:१५:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जारी १४औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। नेतृत्व परिवर्तनमा जोड दिँदै आएका पौडेलले इतर पक्षबाट साझा उम्मेदवार तय नभएपछि एक विज्ञप्ति जारी गर्दै आफू नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका हुन्।

'पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु,' जारी विज्ञप्तिमा भनिएको छ, 'पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट मात्र गर्ने थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ।'

पौडेलले पछिल्लो समय कांग्रेसमा विचलन आइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

 

ad
ad